बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

डोटी, ८ जेठ- बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से १ ज १०४७ र बा १३ च ३३७१ नंम्बरको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रहरीले नियन्त्रणमा लिएका ती जीप तथा चालकलाई संक्रामक रोग ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका मुद्दाफाँटका प्रमुख तथा प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

Loading...