धनगढीमा रहेको माया मेट्रो हस्पिटलले अक्सिजन प्लान्ट निर्माण गर्ने

धनगढी, ८ जेठ- कैलालीको धनगढीमा रहेको माया मेट्रो हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा दिदैं आएको धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले अक्सिजन प्लान्ट जडानका लागि खरिद प्रक्रिया अघि बढाई सकेको र सम्झौता समेत गरिसकेको छ ।

कोरोना महामारीको समयमा अस्पतालले विरामीहरुको उपचारमा अक्सिजन अभावको समस्या चरम रुपमा झेलेकोले आफ्नै लगानीमा अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया अघि बढाउँदै सम्झौता गरेर काम अगाडी बढाएको उक्त हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले बताए ।

Navadurga sun

अध्यक्ष सावदका अनुसार हस्पिटलमा अबको २५ दिनमा अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा समेत आउने बताएका छन् । अक्सिजन प्लान्टको क्षमता प्रति दिन ५० सिलिण्डर रहेको छ । झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाईएको बताएका छन् । माया मेट्रोमा अक्सिजन प्लान्ट जडान भएमा उक्त अस्पताल आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमको पहिलो निजि अस्पताल हुनेछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...