शिक्षा संवादका लागि मन्त्री पोखरेल आज धनगढी आउँदै

धनगढी- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन आज धनगढी आउने भएका छन्।

नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

Navadurga sun

कार्यक्रममा प्रदेशका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग शिक्षा ऐन र विद्यालय शिक्षा सुधारका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिनेछ।

संवादका क्रममा आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषय, विद्यालय शिक्षामा देखिएका समस्या तथा सुधारका उपायबारे सरोकारवालाबाट सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ।

सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने उद्देश्यले मन्त्रालयले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...