डोटीमा अटो दुर्घटना, घाइते महिलाको बाटोमै मृत्यु

डोटी- डोटीको केआई सिंह गाउँपालिका–४ बास्कोटमा बिहीबार साँझ भएको अटो दुर्घटनामा परी गम्भीर घाइते भएकी ५५ वर्षीया लछु ऐरको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

दिपायल–बोगटान सडकखण्डअन्तर्गत बास्कोटमा बिहीबार साँझ करिब ४ः२० बजे ब्रेक फेल भएर अटो सडकबाट नालीमा पल्टिएको थियो। दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए।

Navadurga sun

गम्भीर घाइते ऐरलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको थियो। तर, अस्पताल पुर्‍याउन नपाउँदै शिखर नगरपालिका–१ कालागाडस्थित सडकखण्डमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य चार जनाको राजपुरस्थित सेती महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार अटोमा पाँच जना सवार थिए। पहाडी सडकको अवस्था र सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढ्न सक्ने देखिए पनि दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...