कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ


कञ्चनपुर, ७ जेठ- कञ्चनपुरमा लागु औषध सहित १ जना पक्राउ परेको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुरका २० वर्षीय राकेश औजी पक्राउ परेका हुन् ।



प्रदेश अनुसन्धान टोली (आरआईटी) र जिल्ला प्रहरी कर्यालय तथा मातहतबाट खटीउको प्रहरी टोलीले औजीलाई पक्राउ गरिएको जनाएका छन् ।


विशेष सुचनाको आधारमा उनलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । ९ दशमलव ४२ ग्राम लागुऔषध खैरो हिरोईन सहित उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीषक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।



