सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २२९ जनामा कोरोना पुष्टि



धनगढी, ७ जेठ- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ५ सय ९८ जनामा गरिएको परिक्षणमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि पुष्टि भएको हो ।


सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन । ११ जना अक्सिजन र आईसियुको सहारामा रहेको सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।



