निमार्णाधीन चार लेनको पक्की पुलमा बाढीका कारण ठुलो क्षति

बाढीले कालोपत्रे प्लान्ट पुर्ण रुपमा क्षति भएपछि निर्माणको कार्य प्रभावित हुने

कञ्चनपुर, ७ जेठ- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १२ स्थित ओदालीमा निमार्णाधीन चार लेनको पक्की पुलमा बाढीले ठुलो क्षति गरेको छ । गएराति परेको पानीले कालोपत्रे गर्न बनाईएको प्लान्ट, कालोपत्रे गर्ने मेसिन सहितका उपकरण बगाईदिएपछि झण्डै चार करोडको क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।

भारतको धार्चुलामा भारतीय पक्षले धौलीगंगा बाध खोलेसँगै नदीमा पानीको बहाव बढ्दै गएपछि मध्यराती पुलको कालोपत्रे पलान्टमा बाढीले क्षति गरेको हो । “निमार्णाधीन पक्की पुलको क्षेत्रमा भने बाढीले क्षति गरेको छैन, पुलको कालोपत्रे गर्ने पलान्टमा भने बाढीले पूणर् रुपमा क्षती गरेको छ ।” कुमार सीएसईसी जेभी निमाणर् कम्पनीका साइड ईन्चार्ज राजेन्द्र श्रेष्ठले भने, “यो सँगै विभिन्न उपकरण तथा मेसिनमा पनि बाढीले क्षती गरेको छ, बाढीले झण्डै चार करोड बराबरको क्षति गरेको छ ।”

Navadurga sun

हरेक वर्ष असारपछि सुरु हुने वर्षा यो वर्ष जेठमै सुरु भएको अवस्था छ । असारसम्म पुलको बाढीले क्षति गर्ने भागलाई सम्पन्न गर्ने लक्ष्य बोकेको निर्माण कम्पनीलाई भने दुई तर्फबाट घाटा भएको श्रेष्ठको भनाई छ । बाढीले कालोपत्रे प्लान्ट पुणर् रुपमा क्षति भएपछि पुल निर्माणको कार्य प्रभावित हुने भएको छ ।

नदीको पानीको बहाव घटे पनि लामो समयसम्म कालोपत्रे गर्ने कार्य बन्द गनुपर्ने अवस्था आएको निर्माण कम्पनीले जनाएको छ । प्लान्टमा क्षति भएका कारण निर्माण कम्पनीले सम्पन्न गनुपर्ने पुलको तोकिएको समयावधि भन्दा ६ महिना पर निर्माण कार्य धकेलिएको छ । “तत्काललाई कम्पनी पुल निर्माणमा आफ्नो लक्ष्य अनुसारको प्रगति हासिल गर्ने सम्भावना सकिएको छ, अन्य काम सम्पन्न भएपछि महत्वपूणर् काम भनेको कालोपत्रेको हो, कालोपत्रे गर्ने प्लान्ट नै पुणर् रुपमा क्षति भएको अवस्था छ ।

निर्माण कम्पनीको वर्षातको समयसम्म पुल निर्माणको ८५ प्रतिशत निमाणर्को काम सम्पन्न गर्ने लक्ष्य थियो । बाढीले क्षति गरेपछि पनि कम्पनीले ८० प्रतिशत पुल निमाणर्को प्रगति हासिल गर्न सक्ने साइड ईन्चार्जको भनाई छ । यसैगरी पुलको हालसम्मको प्रगति भने ७५ प्रतिशत पुगेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...