गाडीको ठक्करबाट नेपाली सेनाका हवल्दारको मृत्यु

धनगढी- कैलालीस्थित नेपाली सेनाको तेघरी बाहिनीमा कार्यरत सेनाका हवल्दार लवदेव भट्टको भारतीय नम्बर प्लेटको गाडीबाट मृत्यु भएको छ । घटना १० गते राति भएको भए पनि ढिलोगरि सार्वजनिक भएको हो ।

शनिवार राति ८ः२० बजेको समयमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ वडा कार्यालय नजिक सडकमा हिडिरहेका कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडा बस्ने ३६ वर्षीय भट्टको भारतीय नम्बर पिलेटको स्कारपियोले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

घाइते भट्टलाई उपचारका लागि अत्तरियास्थित पदमा अस्पताल लगिएपनि त्यहाँ सम्भव नभएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतकका आफन्तका अनुसार अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । उनको मृत्यु भएको चार दिन बिते पनि अस्पतालबाट शव अझै उठ्न सकेको छैन । मृतकका परिवारले दोषीलाई पक्राउ नगर्दासम्म शव नउठाउने अडान लिएपछि शव अस्पतालमै रहेको हो ।

मृतकका दाई ओमपसाद भट्टले दोषीलाई पक्राउ नगर्दासम्म शव नउठाउने बताए । ‘गाडी र गाडीको मालिक प्रहरीको नियन्त्रणमा आइसकेको छ, तर चालकलाई प्रहरीले समातेको छैन,’ उनले भने, ‘दोषीलाई पक्राउ गरि कारबाही नगर्दासम्म शव उठ्दैन ।’

Loading...