भट्ट दाजुभाइले अक्सिजन कन्सेट्रेटर खरिदको लागीे ५१ हजार सहयोग



अत्तरिया, ५ जेठ- कैलालीको मालाखेती अस्पतालमा अक्सिजन कन्सेट्रेटर खरिदको लागी चलाइएको अभियानमा गोदावरी नगरपालिका वडा नं. २ निवासी पिता रघुनाथ भट्ट र तुल्सी देवी भट्टका सुपुत्र तथा रूद्व अटोमोटिभ्स र रूद्व ट्रेडर्सका सञ्चालक द्वय सुरेन्द्र भट्ट र गिरि राज भट्टले ५१ हजार सहयोग गरेका छन । उनिहरुले अत्तरियामा सन्चालित “हाम्रो गोदावरी हाम्रो अभियान“ मार्फत सहयोग गरेका हुन ।


अत्तरियाका केही युबाहरु मिलेर उक्त अभियान सन्चालन गरेका हुन । कोरोना माहामारीको बेला स्थानियलाई अक्सिजनको अभाब हुन नदिन र अक्सिजनको अभाबमा कसैको ज्यान नजाओस भनेर अभियान थालिएको अभियानको सदस्य प्रमोद अधिकारीले बताए । अभियानमा देश बिदेशबाट सहयोग प्राप्त भएको सदस्य अधिकारीले बताएका छन् । उनले अब अक्सिजन कन्सेट्रेटर खरिदको लागी पुग्ने रकम जुट्न लागेको बताए ।



