सुदूरपश्चिम र कर्णालीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कैलाली- देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

Navadurga sun

सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

सम्भावित वर्षा तथा हिमपातलाई ध्यानमा राख्दै हिमाली र पहाडी क्षेत्रमा यात्रा गर्ने नागरिकलाई मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...