धनगढी- आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। देशका अन्य हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।


मौसम पूर्वानुमानअनुसार मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने भए पनि तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, मंगलबार राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
रातिको समयमा कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ।
