कोरोनाका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित

भजनी- राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । आयोजनाको नहर निर्माण, तटबन्ध निर्माण र विद्युत् गृह निर्माणको काम प्रभावित भएको छ ।
आयोजनामा काम गर्ने केही मजदूरहरूसमेत बिरामी पर्न थालेपछि लम्किचुहा नगरपालिका क्षेत्रमा भइरहेको नहर निर्माणको काम पूर्णरुपमा प्रभावित भएको छ भने अन्य क्षेत्रको काम पनि आंशिक रूपमा मात्र भइरहेको आयोजनाका प्रमुख केदार श्रेष्ठले जानकारी दिए ।

अहिले आयोजनाको मुख्य क्षेत्रहरूमा निर्माणको कामहरूले निरन्तरता पाउन सकेको छैन । कर्णाली नदी तटबन्धको काम भइरहेको भए पनि दौलतपुर घाटमा भइरहेको तटबन्धको काम समेत प्रभावित भएको छ । कोरोना सङ्क्रमणबाट निधन भएकाको अन्तिम संस्कार दौलतपुर घाटमा हुने भएका कारण कामका लागि मजदूरहरू सो क्षेत्रमा जान डराउन थालेका छन् ।

Navadurga sun

आयोजनाको अन्य कामहरूलाई पनि निरन्तरता दिन समस्या भएको आयोजना प्रमुख श्रेष्ठ बताए । “मजदूर बिरामी पर्न थालेपछि काम ठेकेदार कम्पनीले काम बन्द गरेको छ । कार्यालयमा काम गर्ने केही कर्मचारीमा पनि कोरोना देखिएकाले काममा जानसक्ने अवस्था छैन”, आयोजना प्रमुख श्रेष्ठले भने, “सानातिना कामहरू भइरहेका छन् । ठूला काम प्रभावित भएका छन् । अझै कतिसम्म प्रभावित हुन्छ भन्ने पनि भन्न सकिने अवस्था छैन ।”

गत मङ्सिर १२ गते राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीको नेतृत्वमा भएको आयोजनाको अनुगमनका क्रममा वैशाखभित्र आयोजनाको मुख्य नहरको उद्घाटन गर्ने र असार मसान्तसम्म विद्युत् गृहबाट विद्युत् उत्पादन गर्ने बताइएको तर केही प्राविधिक काम बाँकी रहेको भन्दै आयोजनाको मुख्य नहरको वैशाखमा उद्घाटन गर्न नसकिएको बताएको छ भने असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको विद्युत् गृहको काम पनि असारसम्म सम्पन्न नहुने भएको छ । “हामीले असारसम्म विद्युत् गृहको काम सम्पन्न गरी प्रवेशद्वारबाट पानी सप्लाइसम्म भए पनि गर्ने भनेका थियौँ”, आयोजना प्रमुख श्रेष्ठले भने , “काम अहिले पूर्ण प्रभावित भएको छ । सायद हामीले लिएको लक्ष्य पूरा हुँदैनहोला तर पनि हिम्मत हार्ने अवस्था छैन ।”

निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले पनि काममा असर परेको छ । आयोजनाले निर्माण कम्पनीलाई निर्माण सामग्रीको आपूर्ति र काम गर्नेहरूलाई पास दिएको भए पनि मूल्य वृद्धि भएका कारण निर्माण कम्पनी महँगोमा सामग्री खरीद गरी विकासको काम अगाडि बढाउने मनस्थितिमा देखिएका छैनन् । यस्ले पनि आयोजनाको काम समयमै सम्पन्न हुने अवस्था देखिँदैन । रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख श्रेष्ठका अनुसार हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

आयोजनाको दोस्रो चरणको काम आव २०८०-८१ मा सम्पन्न गरिसक्नुपर्ने छ । त्यो अवधिका काम सम्पन नहुने आयोजनाले बताउँदै आएको छ । सामुदायिक वनमा भएको रूख कटान र मुआब्जा वितरणमा भएको ढिलाइले आयोजनाको काम पर धकेलिएको भए पनि अहिले कोरोनाका कारण आयोजनाको काम झन् प्रभावित भएको छ ।

“हामी योभन्दा पनि छिटो काम गर्न सक्थ्यौँ । पहिले मुआब्जा र वनको रूख कटानले हामीलाई काममा बाधा भयो ।” आयोजना प्रमुख श्रेष्ठले भने यो, “अब यी समस्याहरू समाधान भई विकासले गति लिने अवस्थामा पुनः कोरोनाका कारण विकासको काम थला परेको छ ।”

पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा पनि आयोजनाको काम रोकिएको थिएन तर अहिले दोस्रो चरणको सङ्क्रमणका कारण अवस्था बिग्रँदै गएपछि आयोजनाको कामले कहिले निरन्तरता पाउने भन्ने कुनै यकिन गर्न सकिएको छैन । (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...