पश्चिमी वायुको प्रभाव : देशभर चिसो बढ्दै

RBB Bank Suvakamana
Purbadhar dadeldhura

काठमाण्डौ- देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको छ । केही दिन अघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको छ । मौसमविद् संजिव अधिकारीका अनुसार देशभरकै न्यूनतम र अधिकतम तापक्रम घट्ने क्रममा रहेको छ ।

Malpot office dadeldhura

उनका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले दिउँसोको समयमा चर्को घाम लाग्न सकेको छैन । धेरैजसो ठाउँमा केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न थालेकाले त्यसतर्फबाट बहने हावाले पनि चिसो बढाएको छ । जाडोयाम सुरु भइसकेकाले चिसो अझै बढ्दै जाने छ । आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए।

उनका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । मापन भएको मौसम अनुसार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँको अधिकत तापक्रम १९ डिग्री सेल्सियस छ ।

यस्तै, जोमसोमको न्युनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।त्यस्तै, काठमाण्डौको बिहानको न्युनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम भने आज २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...