दार्चुलामा सुदूर स्वास्थ्य निदान पालिका स्तरीय वृहत् स्वास्थ्य शिविर सञ्चालन

दार्चुला- दार्चुलाका तीन वटा स्थानीय तहमा यूथ भोलिन्टियर ग्रूपले सुदूर स्वास्थ्य निदान पालिका स्तरीय वृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म संचालन हुने शिविरको आइतबार उद्घाटन गरिएको छ । कार्यक्रममा वृहत् स्वास्थ्य शिविरका संयोजक दिवानसिह धामीले स्थानीय स्तरबाट जनसमुदायसम्म स्वास्थ्य सेवा पुर्याउने उदेश्यले उक्त कार्यक्रमलाई संचालन गर्न समन्वय गरेको बताए ।

युथ भोलिन्टियर ग्रुपको संयोजन तथा बिर अस्पतालको प्राविधिक सहयोगमा शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा आइतबार र सोमबार गरि दुई दिने शिविर संचालन गरेको छ । यस्तै मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुर, पस्तीमा (कार्तिक १ र २ गते) र महाकाली नगरपालिकाको केन्द्र खलंगामा (कार्तिक ३ र ४ गते) विषेशज्ञ चिकित्सकहरूबाट उपचार तथा परामर्श दिइने छ ।

Navadurga sun

वरिष्ठ हाड जोर्नी तथा नसा रोग विषेशज्ञ डा। बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग विषेशज्ञ डा। केशव आचार्य, मानसिक रोग विषेशज्ञ डा. ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन डा.निरन महर्जन र फिजियोथेरापिस्ट डा। धनेन्द्र नाथले सेवा दिइरहेका जनाइएको छ । शिविरको आइतबार १ सय २९ पुरुष र १ सय ३१ महिला गरि २ सय ६० जनाले सेवा लिएका थिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...