सुदूरपश्चिम प्रदेशका लागि १ सय थान अक्सिजन कन्सन्ट्रेटर खरिद प्रक्रिया अघि बढ्यो

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि प्रक्रिया अघि बढि सक्यो : संस्थापक अध्यक्ष भट्ट

धनगढी, ४ जेठ- रोटरी क्लब अफ धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि चलाएको आर्थिक संकलन अभियान बन्द गरेको छ । सुदूरपश्चिमका अस्पतालहरूमा १ सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्ने उद्देश्यले थालिएको आर्थिक संकलन अभियानमा आवश्यक रकम संकलन भएपछि बन्द गरिएको क्लबले जनाएको छ ।

Dadeldhura hospital

क्लबले अबको १० दिन भित्र अक्सिजन कन्सन्ट्रेटर अस्पतालहरूलाई हस्तान्तरण गर्ने जनाएको छ । रोटरी क्लव अफ धनगढीका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्टले सय थान अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि प्रक्रिया अघि बढिसकेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

भट्टले महामारीको कठिन समयमा अक्सिजन नपाएर मृत्यु भइरहेका नागरिकको जीवन रक्षाका लागि थालिएको यस अभियानमा जोडिएर सहयोग गर्ने दाताहरूलाई धन्यवाद समेत दिएका छन् ।

Loading...