खैरो हिरोइनसहित २ जना युवती पक्राउ

टीकापुर, ३ जेठ- कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हिरोइन सहित २ जना युवतीलाई पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्डाबाट सोही वडाको वैदीका २४ वर्षिया दिलु पाण्डे र १६ वर्षिया राधा पाण्डेलाई पक्राउ गरेको हो ।



सोमबार दिउँसो पक्राउ परेका उनीहरूको साथबाट करिब ९.९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनीहरूलाई म्याद थप गरी अनुसन्धान गरिने नायव उपरीक्षक न्यौपानेले बताए ।




