भीम रावलको स्पष्टीकरण : म हराएको छैन, जिल्ला पार्टीको सम्पर्कमै छु

 काठमाडौँ- नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आफू पार्टी सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन्। रावलको भूमिकालाई लिएर सुदूरपश्चिम प्रदेशकै एमाले नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन्। गत भदौ १९ गते बसेको एमाले अछामको बैठकले प्रतिनिधिसभातर्फत क्षेत्र नम्बर १ मा रावललाई उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गरेको थियो।

संसददेखि अन्य सार्वजनिक कार्यक्रममा पनि पार्टीसँग सल्लाह नगरी एक्लै अघि बढेको आरोप खेपिरहेका उनको नाम उम्मेदवारका रुपमा जिल्लाले सर्वसम्मत सिफारिस गरेपछि अध्यक्ष ओलीले पनि चासो राखेका थिए।

अन्य क्षेत्रबाट २/३ जनाको नाम आउँदा रावलको किन जिल्लाले एकल सिफारिस गरेको भनेर ओलीले सुदूरपश्चिमका एमाले नेताहरुसँग चासो राखेका थिए। ‘भीम रावल एमालेको सम्पर्कमा छैनन्, अछाममा विकल्प खोजौँ’

यस्तोमा सुदूरपश्चिमका एमाले नेताहरुले अछाम १ मा रावलको स्थानमा अन्य नेतालाई उम्मेदवार बनाउनुपर्ने कुरा ओलीसँग राखेका थिए। रावल पार्टीसँग सम्पर्कमा नरहेको आरोप लागिरहेका बेला उनैले सामाजिक सञ्जालमार्फत आफू कतै नहराएको जवाफ दिएका हुन्।

‘म ‘पार्टीको सम्पर्कमा नरहेको’ भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो। म अछाम प्रतिनिधिसभा क्षेत्र नं. १ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ’, उनले भनेका छन्, ‘यसबारेमा जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ। म सम्पर्कविहीन भन्नु हास्यास्पद!’

नेकपा एमालेको दशौँ महाधिवेशनका ओलीलाई सर्वसम्मत अध्यक्ष हुनबाट रोकेका रावल त्यसपछि एमाले केन्द्रको भूमिकामा छैनन्। पार्टीले दिएको जिम्मेवारी पनि आफूले नलिने बताउँदै उनले साधारण कार्यकर्ताका रुपमा सक्रिय रहने जवाफ त्यसबेला दिएका थिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...