बढ्यो सुनको मूल्य

काठमाडौ- स्थानीय बजारमा बिहीवार ९आज० सुनको मूल्य ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम भएको छ । बुधवार सुन तोलाको ९१ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १५ रूपैयाँले बढेर १ हजार १८५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १७० रूपैयाँमा कारोबार भएको थियो ।

Dadeldhura hospital

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घटेको छ । आज (नेपाली समय अनुसार बिहान ११:५० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६६१ डलर पुगेको छ ।

Navadurga sun
Godawari sandesh

बुधवार बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६६६ दशमलव ५३ डलर थियो । आज डलरको मूल्य पनि बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२८ रूपैयाँ २७ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ८१ पैसा थियो ।

 

Loading...