गोदावरी नगरकमिटि संयोजक बिष्टद्वारा अत्तरियाका मिडियाहरुलाई स्वास्थ्य सामग्री सहयोग

अत्तरिया, १ जेठ- कैलालीको अत्तरियामा रहेका मिडिया हाउसहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा गोदावरी नगरकमिटि संयोजक विक्रम बिष्टले अत्तरिया क्षेत्रमा क्रियाशिल रुपमा कार्य गरिरहेका मिडिया हाउसहरुलाई मास्क तथा सेनिटाईजर सहयोग गरेका छन् ।

Dadeldhura hospital

राष्ट्रिय युवा संघको ३१औ स्थापना दिवशको अवसर पारी सामग्री वितरण गरिएको विष्टले बताए । नगरमा कोरोनाको महामारी तिब्र रुपमा फैलिरहेका बेला आफ्नो अग्रपंतीमा रहेर काम गरिरहेका मिडियाहाउसहरुलाई मास्क तथा सेनिटाईजर सहयोग गरेको बिष्टले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

नगरबासीलाई आफ्नो ज्यानको समेत पर्वाह नगरी महामारीको समयमा पनि सही सुचना सम्प्रेषण गरिरहेका पत्रकारहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए । बिष्टले आगामी दिनहरुमा पनि पत्रकारहरुलाई आवश्यक पर्ने विभिन्न सहयोगहरु गर्न आफु तयार रहेको समेत बताए ।

Loading...