दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ दललेखमा गएराती चट्याङ लागेर सोही ठाउँका मोहन सिंह पार्कीको मृत्यु भएको हो।

पार्की घरमा एक्लै सुतिरहेका थिए। प्रहरीले यस घटनाको कानुनी प्रक्रिया अघि बढाएको छ। नौगाडमा पहिरोका कारण पनि दुई जनाको मृत्यु भइसकेको छ। बेपत्ताहरूको खोजी कार्य जारी छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...