अत्तरिया- कैलाली क्षेत्र नं. ४ मा नेपाली काँग्रेसको गाउँगाउँ जाऔ, जागरण फैलाऔ कार्यक्रम आयोजना गरिएको छ । नेपाली कांग्रेसको क्षेत्रिय कार्यसमितिले कांग्रेसको केन्द्रिय परिपत्र अनुसार सञ्चालीत जनताको साथमा कांग्रेस अभियानलाई सफल बनाउन बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।



क्षेत्रिय सभापति बसन्त रोकाया (ललीत) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्रि एनपि साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा पुर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारी रहेका थिए ।


कार्यक्रममा बोल्दै पुर्वमन्त्रि साउँदले आफ्नो उपस्थीतिलाई चुनावको टिकट वितरणसँग नजोड्न आग्रह गरे । उनले आफु नितान्त पार्टिको अभियानमा उपस्थित भएकोले यसलाई अलग अर्थ लगाउन नहुने बताए । उनले पार्टीले सञ्चालन गरेको अभियानलाई गाउँ गाउँमा पुर्याउने र जनताको साथमा लैजाने कुरामा सबैले एकजुट हुनपर्ने बताए ।
सुदूरपश्चिमको राजनितिले नै देशलाई नयाँ दिशा दिने गरेको बताए । ‘सुदूरपश्चिममा एउटा लहर आउने गर्दछ’ उनले भने ‘त्यो लहरले नै देशलाई एउटा दिशा दिने गर्दछ ।’ उनले मुलुकको राजनितिको निर्णायकको रुपमा सुदूरपश्चिम रहेको बताए । ‘सुदूरपश्चिम उभिने गर्छ, बग्ने गर्दैन ।
सुदूरपश्चिम उभिँदा खेरी हामीले आफ्नो पार्टीलाई त्यस्तो ताकत, त्यस्तो शक्तिको रुपमा उभ्याउनुपर्ने छ, जस्मा सुदूरपश्चिमका जनताका भावना जोडिएर आउन, जोडिएर, बसुन, जोडिएर रहुन’ उनले भने ‘आज यहाँको भेलामा त्यही कुराको प्रतिबिम्ब हुनुपर्छ, झगडा त घरपरिवारमा पनि हुन्छ, तर झगडा भन्दा ज्यादा महत्वको कुरा हाम्रो मिलन हो, त्यो मिलन एउटा सार्थक उद्देश्यका साथ हामिले निर्धारण गरेको लक्ष्य बाट निर्देशित हुन्छ ।’ त्यो लक्ष्यमा एक्लाएक्लै पुग्ने कसैले प्रयत्न गरे कोही लक्ष्यमा पुग्न नसक्ने तर हातेमालो गरेर अगाडी बढे कोहि नछुटी सबै लक्ष्यमा पुग्न सक्ने उनको भनाई छ ।

उनले सुदूरपश्चिम एउटा शक्तिकेन्द्रको रुपमा रही आएको बताए । बहुदलिय व्यवस्थामा एउटा महत्वपुणर् पार्टीको सभापतिको रुपमा सुदूरपश्चिमबाट दुई दुई पटक कमान समाल्नु सानो कुरा नभएको उनले बताए । उनले यस्तो अवसर सुदूरपश्चिममा बारबार आउन नसक्ने र यसलाई शक्तिका रुपमा बदलेर त्यसलाई विकाशमा रुपान्तरण गर्नुपर्ने बताए ।
‘देशका सबै प्रदेश मध्ये ज्यादा सम्भावना भएको प्रदेश सुदूरपश्चिम हो, ६ हजार मेगावाटको पञ्चेश्वर छ, त्यो बनाउन सरकारले वार्ता गर्दैछ, केही दिन पहिले मात्रै सेती प्रोजेक्ट, पश्चिम सेती र सेती ६ प्रोजेक्टको बारेमा एमओयुमा प्रधानमन्त्री स्वयमको उपस्थितिमा एउटा भारतिय कम्पनि सँग हस्ताक्षर भएको छ’ उनले भने ‘यस्तो अवस्थामा सुदूरपश्चिम एकढिक्का भएर गए विकाशको गती अझै बढ्नेछ ।’
उनले पार्टीभित्रको आन्तरिक किचलोलाई चुनावमा बाहिर ल्याउन नहुने बताए । उनले चुनाव हारेर कसैको राजनिति छायामा नपर्ने बताए । ‘साथीभाई ले सानो कुरा भन्ने वित्तिकै चित्त दुखाउनु हुदैन, एकै चुनाव हार्ने वित्तिकै कसैको राजनिति सकिदैन’ उनले भने ‘जब नैतिकता हार्यो, जब चरित्र हार्यो त्यसपछि मात्रै राजनिति धमिलो हुन्छ, त्यसैले पार्टीका साथिहरुले नैतिकता हार्नुहुन्न ।’ उनले जनतालाई मनमा राखेर अगाडी बढ्छु भन्ने लक्ष्य नहारे एक न एक दिन त्यो मान्छे उच्च तहमा पुग्न सक्ने बताए । उनले ईच्छा र चाहना राख्ने सबैले टिकट नपाए पनि एक न एक दिन हरेक मानिस जिम्मेवारीमा पुग्ने बताए ।
कार्यक्रममा बोल्दै पुर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले जनतालाई अनुभुती हुने गरेर काम गर्नु कांग्रेसको चरित्र भएको बताए । उनले कांग्रेस सदैव जनताको साथमा रहने भएकाले यसपटकको चुनावमा कांग्रेसको जित निश्चित भएको बताए । उनले कांग्रेसले जनतालाई विश्वासघात गर्ने काम गर्न नहुने बताए ।
कार्यक्रममा बोल्दै कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काले पार्टीमा एकता र सद्भाव बढाएर चुनावमा जानुपर्ने बताए । उनले क्षेत्र नं. ४ मा कांग्रेस एकढिक्का भएर अन्य कुनै पनि पार्टीले चुनाव जित्न नसक्ने बताए । यसैगरी कांग्रेसका कैलाली जिल्ला सभापति नारायण दत्त भट्टले मैले पाए हुन्छ, अरुले पाए हुदैन भन्ने हाम्रो मानसिकता त्याग्नुपर्ने बताए । उनले उल्टो बाटो हिडेर फस्ट हुन्छु भन्ने मान्यता नराखि असहमती दुर गरेर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै क्षेत्रिय सभापति बसन्त रोकायाले २०७४ को चुनावमा हारेपछि जागेको जितको हुटहुटीले स्थानिय तहमा आफुलाई स्थापित गर्न क्षेत्र नं. ४ सफल भएको बताए । उनले स्थानिय तहमा राम्रो नतिजा आउनुको पछाडी सबै कांग्रेस एक ढिक्का हुनु नै रहेको बताए । उनले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कांग्रेसले जित हासिल गर्ने बताए । उनले कांग्रेस बाहेक अन्य दलका पदाधिकारीलाई क्षेत्र नं. ४ मा टिकट दिईए जिताउँछौ भनेर भन्न सकिने अवस्था भने नरहेको बताए ।
उनले स्थानिय तहको निर्वाचनमा पनि हामिले उक्त समस्या झेल्नुपरेको बताए । पार्टीको केन्द्रिय निणर्यलाई मानेर आफुहरुले टिकट पाएका पदाधिकारीको पक्षमा मतदान गरेपनि कांग्रेसका सर्मथकहरुलाई भन्न सकिने अवस्था नरहेको बताए । कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव विष्णु भाटले गरेका थिए ।




