कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु

अत्तरिया, ३० बैशाख- कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ।जिल्लाको टीकापुर नगरपालिका वडा नं. १ स्थित एकतानगर शिविरमा घरमाथि रुख खस्दा ४० वर्षीया देउकला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति चलेको हावाहुरीले घरमाथि रुख खसेपछि च्यापिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...