कञ्चनपुर प्रहरीले अक्सिजन सिलिण्डर संकलन गरि अस्पताललाई बुझाइयो

Dadeldhura hospital

कञ्चनपुर, २९ बैशाख- कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न उद्योगमा होल्ड गरी राखेका २९ थान अक्सिजन सिलिण्डर संकलन गरी अस्पतालमा बुझाएको छ । उद्योग, कलकारखाना, सप्लायर्स, ग्यारेज तथा फर्निचर र व्यक्तिको घरमा राखिएका अक्सिजन सिलिण्डर संकलन गरि अस्पतालमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार ती सिलिण्डर महाकाली अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीलाई बुझाइएको छ । कोभिड महामारीको दोस्रो लहरका क्रममा अक्सिजन र सिलिण्डरको अभाव भइरहेका बेला प्रहरीले संकलन गर्ने अभियान जारी राखेको छ ।

Loading...