गड्डाचौकी र गौरीफन्टा नाकाबाट १३ सय १३ जना नेपाली स्वदेश भित्रिए, २९ जनामा संक्रमण (विवरण सहित)

कञ्चनपुर, २९ बैशाख- कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट बुधबार १३ सय १३ जना नेपाल भित्रिएका छन् । गड्डाचौकी नाकाबाट २ सय ४६ जना र गौरीफन्टाबाट १ हजार ६७ जना गरी १३ सय १३ जना स्वदेश फर्किएका हुन ।

दुइवटै नाकाबाट स्वदेश फर्किएका मध्ये २९ जनामा कोरोना संक्रमण देखिएको छ । गड्डाचौकी नाकाबाट २ सय ४६ जना भित्रिएकोमा २२५ जनामा एन्टीजेन परिक्षण गर्दा ९ जना र गौरीफन्टाबाट १ हजार ६७ जना भित्रिएकोमा १२५ जनामा एन्टीजेन परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ । यस्तै बुधबार नै दुइवटै नाकाबाट १ सय ३१ जना नेपालबाहिर गएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा प्रकाशित आवागमन विवरण:

Loading...