मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमेटेडको ११ औं साधारण सभा सम्पन्न
सहकारीले १८ करोड ३ लाख बढी आर्थिक कारोवार, खुद नाफा ४४ लाख रुपैयाँ
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार नमस्ते पार्टी प्यालेसको हलमा कार्यक्रम सम्पन्न गरेको हो ।


मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षसम्म १८ करोड भन्दा बढीको आर्थिक कारोबार गर्न सफल भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म १८ करोड ३ लाख ९१ हजार ९ सय २२ रुपैया बराबरको आर्थिक कारोबार गर्न सफल भएको हो ।



वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा संस्थाले कारोबारबाट ४४ लाख रुपैया नाफा कमाउन सफल भएको छ । संस्थाले आय-व्यय प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म ४४ लाख ७७ हजार ९ सय २८ रुपैया नाफा कमाउन सफल भएको संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले जानकारी गराए । त्यस्तै संस्थाको जगेडा कोषमा १ करोड १४ लाख ४० हजार ४ सय ७९ रुपैया रहेको छ भने शेयर पूँजी १ करोड ८० लाख ६३ हजार ६ सय छ ।
‘संस्थाले अत्तरियामा र गेटामा सञ्चालन गरिएका सेवा केन्द्रहरु भाडाँको घरमा सञ्चालीत छन’ उनले भने ‘त्यसैले चालु आर्थिक वर्षको अन्त्य सम्म संस्थाले आफ्नै जमिन खरिद गरी त्यसमा संस्थाको भवन निर्माण गर्ने लक्ष्य छ, त्यसका लागी अझै हाम्रो मेहनत जारी छ ।’ उनले त्यतिमात्रै नभई संस्थाले मानाङ्क ट्रष्ट सञ्चालन गर्ने पनि लक्ष्य राखेको बताए । उनले त्यस ट्रष्टबाट सामाजिक कार्यहरु गरिने बताए । ‘ट्रष्टबाट सामाजिक कार्य गर्ने हामिले सोच बनाएका छौ’ उनले भने ‘त्यसका लागी सर्वप्रथम एउटा शववाहन खरिद गरी सबैलाई सहुलियत रुपमा सेवा दिने हाम्रो योजना रहेको छ ।’ उनले संस्थाको प्रगतीमा मुख्य रुपमा शेयरसदस्यहरुको हात रहेको भन्दै शेयरसदस्यहरु प्रति आभार प्रकट गरे ।
२०६७ साल असोज २६ गते स्थानिय २६ जना सदस्यहरुको “हाम्रो बचत राम्रो बचत” समुह मार्फत संचालन हुदै मिति २०७८ साल असोज ९ गतेका दिन जिल्ला कैलाली, सकरी प्रशिक्षण तथा डिभिजन कार्यालयमा विधिवत रुपमा केन्द्रय कार्यालय हालको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहने गरी संचलानमा आएको हो । उक्त सहकारीमा हाल २०११ जना शेयर सदस्यहरु रहेका छन ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष पाण्डेयले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक हरिदत्त भट्टराईले प्रस्तुत गरेका थिए । संस्थाले विभिन्न विधामा उत्कृष्ट व्यक्तित्वहरुलाई कार्यक्रममा सम्मानित समेत गरेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् शेरसदस्यहरुको सहभागीता रहेको थियो । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले गरेका थिए ।