
काठमाडौं- नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।


यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ। त्यस्तै छापावाल सुनको भाउ पनि ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भइरहेको छ।

