आज एकै दिन सुदूरपश्चिममा ३१ जना कोरोना संक्रमितको मृत्यु

Dadeldhura hospital

अत्तरिया, २८ बैशाख- सुदूरपश्चिममा आज एकै दिन ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा १६ जना, कैलालीमा १० जना, बझाङका २ जना, अछाम, बैतडी र डडेल्धुराका १/१ जना गरी ३१ जनाको कोरोना संक्रमितको मृत्यु भएको हो । यो सँगै कोरोनावाट ज्यान गुमाउनेको संख्या २ सय ८१ पुगेको छ । त्यसैगरी प्रदेशभर आज ८ सय १८ जना संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन विधिबाट १ हजार ७ सय २३ जनाको परीक्षण गर्दा झण्डै आधामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५ हजार ७ सय पुगेको छ ।

Loading...