एकीकृत समाजवादीका सोडारी कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लडने

धनगढी- कैलाली क्षेत्र नम्बर ४ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दीर्घबहादुर सोडारीलाई संघको चुनावमा उठाउने भएको छ ।

Dadeldhura hospital

शनिबार धनगढीमा बसेको जिल्ला कमिटीको बैठकमा उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । कैलाली क्षेत्र नं. ४ बाट उनको नाम मात्रै सिफारिस गरिएको पार्टीले बताएको छ । जिल्ला कमिटीले पनि सोडारीलाई नै एकल रुपमा सिफारिस गर्ने निणर्य गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

नेकपा (एस) का केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला इन्चार्ज समेत रहेका सोडारी २०७४ को निर्वाचबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। एमाले सँग अलग भएपछि एकीकृत समाजवादीमा यँहा का बहुमत सांसद लागेका थिए । सोडारीले नै धेरै सांसद आफु सँग राख्न सफल भएका थिए । संगठन बनाउन कुशुल खेलाडीको रुपमा परिचित सोडारी अहिले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रहेका छन ।

Loading...