कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका वडा नं. १ का ३३ वर्षीय प्रेम दत्त भट्ट र वेदकोट नगरपालिका वडा नं. २ का ३२ वर्षीय केशव खत्री रहेका छन।



उनीहरुको साथमा १४/६९ ग्राम खैरोहिरोइन पाइएको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।




