डडेलधुरामा १० दिन निषेधाज्ञा थप

डडेलधुरा, २५ बैशाख– डडेलधुरामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेलधुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ ।

Dadeldhura hospital

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाका नाकाका रूपमा रहेको यस जिल्ला संक्रमणको उच्च जोखिमका रहेका कारण वैशाख १९ गतेबाट २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै निषेधाज्ञालाई पनि कडाइका साथ निरन्तरता दिइएको छ । यसैगरी, वैशाख २५ गते (आज) देखि जेठ ४ गतेसम्मका लागि थप १० दिन निषेधाज्ञा जारी गरिएको उनले बताए ।

निषेधाज्ञाको अवधिभर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । खाद्य सामग्रीका पसल २५ गतेदेखि बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइनेछ । यहाँका सरकारी कार्यालयकोे समेत आकस्मिकबाहेक सबै सेवा बन्द गरिने उनको भनाइ छ । रासस

Loading...