पिसिआर परीक्षण ल्यावको क्षमता भन्दा बढी स्वाव संकलन हुँदा समस्या




धनगढी, २४ बैशाख– सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाव संकलन भएपछि नयाँ धनगढी उप-महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोकेको छ ।


सेती प्रादेशीक अस्पतालले स्वावको नमुना धेरै संकलन भएकाले ३ दिनका लागि स्वाव संकलनको काम रोक्न धनगढी उप-महानगरपालिका संग आग्रह गरेको हो ।



धनगढी उप-महानगरपालिका कोभिड फोकल पर्सन स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाले स्वाव संकलन रोक्न भनेपछि शनिवार, आईतबार र सोमबारका लागि रोकेको बताए । त्यसपछि निरन्तरता दिईने पनि स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले बताए । हामीले लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गमा परेकाहरुको कोरोना परीक्षणका लागि निशुल्क स्वाव संकलन गरिरहेका छौ, स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले भने- ‘त्यसको परीक्षण सेती प्रादेशीक अस्पतालले गर्छ ।’
संकलन गरिएको सबै नमुनाको परीक्षण गरिपछि धनगढी उप-महानगरपालिकाले पुनः निशुल्क स्वाव संकलन गर्छ, स्वास्थ्य निरीक्षणक उपाध्यायले भने, सेती प्रादेशीक अस्पतालमा भने संकलन जारी हुने बताईएको छ । स्वास्थ्य निरीक्षण उपाध्यायले नगरवासीको सजिलोका लागि यसरी सर्वसधारणलाई निशुल्क स्वाव संकलन तथा पिसिआर परीक्षण गर्ने सुविधा दिने धनगढीले मात्रै गरेको बताए । हामी एक बर्ष देखि निरन्तर स्वाव संकलन गरिरहेका छौं उपाध्यायले भने, स्वावको नतीजा सेती प्रादेशीक अस्पतालले उपलब्ध गराउने हो तर यहाँ नतीजा ढिलो आयो भनेर पनि उप-महानगरपालिका संग गुनासो आउने गरेको छ ।
धनगढी उप-महानगरपालिकाले आफ्नै परिसर अगाडी स्थापना गरेको स्वाव संकलन केन्द्रबाट स्वाव लिई गरिरहेको छ। कोरोना संक्रमणदर बढेसंगै स्वाव दिनेको संख्या अत्यधिक बढेको छ । सेती प्रादेशीक अस्पतालको प्रयोगशालाको क्षमता कम भएकाले नतीजा आउन केहि ढिलाई भैरहेको हो । सेती प्रादेशीक अस्पतालमा रहेको प्रयोगशालाको स्वाव परीक्षण क्षमता दैनिक ४ देखि ५ सय हो ।



