ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु



बझाङ, २२ बैशाख- बझाङमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिका वडा नं. ६ का १८ वर्षीय पुरन साउँद रहेका छन् ।


से २ त २५९६ नम्बरको ट्रयाक्टरले ढुङ्गा लोड गरेर लैजाँदै गर्दा सडकबाट अनियन्त्रित भइ बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० खेइरामा ट्रयाक्टर दुर्घटना भएको बझाङ प्रहरीले जानकारी दिएको छ । बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार ट्याक्टर चालक फरार रहेका छन् भने सहचालक साउँदको घटनास्थलमै ज्यान गएको हो ।



