गोदावरी नगरपालिकाले आगामी वर्षको निती तथा कार्यक्रमका बारेमा सरोकारवाला सँग सुझाब संकलन गर्यो





अत्तरिया, १ असार- कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ मा समाबेश गर्नु पर्ने नितीको बारेमा सरोकारवालाहरु सँग सुझाब संकलन गरेको छ । मंगलबार नगरपालिकामा बोलाएर स्थानिय राजनीतिक दल, संघ, संगठन संग रायसुझाब लिएको हो ।


सरोकारवालाहरुले निती तथा कार्यक्रम ल्याउंदा जनमुखी हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नगरपालिकाका नगर प्रमुख हरी सिं साउँद, कार्यकारी प्रमुख देबराज जोशी, निती तथा योजना शाखाका प्रमुख जगदीश जोशीले स्थानिय सरोकारवालाहरुका सुझाबलाई निती तथा कार्यक्रममा समेटने समेत बताएका छन् ।



