कञ्चनपुरमा अबैध समान बरामद

Dadeldhura hospital

कञ्चनपुर, २२ बैशाख- कञ्चनपुरमा अबैध सर सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. १० सिसैयाबाट अबैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. १० सिसैया सडक खण्डमा बेवारिसे अवस्थामा ३ लाख १६ हजार १२० मुल्य बराबरको चिनि, बिडी, सलाई, स्याम्पु बरामद गरेको जनाएको छ । उक्त सर सामान फेला तथा बरामद गरी आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ ।

Loading...