अक्सिजन ग्यास अभाव हुन थालेपछि मन्त्री सुवेदीद्वारा अक्सिजन ग्यास उद्योगको अनुगमन

Dadeldhura hospital

धनगढी, २२ बैशाख- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अक्सिजन ग्यास उद्योगको अनुगमन गरेका छन् । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव हुन थालेपछि धनगढीस्थित मालिका अक्सिजन ग्यास उद्योगको बुधबार मन्त्री नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

अनुगमनपछि मन्त्री सुवेदीले उद्योगको क्षमता अनुसार ग्यास उत्पादन गरी अभाव हुन नदिन उद्योग संचालकलाई अनुरोध गरेका छन् । उनले सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह समेत गरेका छन् ।

Loading...