

अत्तरिया – नेकपा एमालेका सचिव लेखराज भट्टले कार्यकर्ताका लागि वैचारीक, राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताएका छन । शनिबार कैलालीको अत्तरियामा नेकपा एमाले गोदावरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले पार्टी भित्र प्रशिक्षण नहुँदा कार्यकर्ता धार नभएका हतियार जस्तै भएको बताए ।



‘यसको लागि वैचारीक, राजनीतिक प्रशिक्षण आवश्यक थियो । अहिले प्रशिक्षण नुहुँदा तलका कार्यकर्ता धार नभएको हतियार जस्तै भए’ उनले भने ‘कार्यकर्ता, नेता चेतना सहित तिखो हुनुपर्छ । हामीले हातीयारमा धार किन लगाउन्छौ भने त्यो बुचो भए काट्दैन । हाम्रोमा पनि बैचारीक रुपमा तिखोपन आएन भने विरोधि संग लड्न सक्दैनौ ।’ उनले वैचारीक रुपमा स्पष्ट नहुँदा कार्यकर्ताहरु व्यक्तिवादी भएका बताए ।


उनले अहिले पनि एमाले मतका हिसावले बलियो भएको दावी गरे । ‘एमाले मतको हिसावमा बलियो छ । संख्याको हिसावमा मात्रै हामी केही कमजोर भएका छौ’ उनले भने ‘यो वर्ग संघर्षको परिणाम हो । सचिवालयको बैठकले पनि हामी कमजोर छैनौ भन्ने संश्लेषण गरेको छ ।’
उनले पार्टी अहिले संख्यात्मक हिसाबले कमजोर हुनुको कारण पार्टीभित्र एकता नहुनु नै मुख्य कारण भएको बताए ।
‘हामी आन्तरिक कारणले मात्रै कमजोर भएका हौ’ उनले भने ‘पार्टी भित्र लामो समय प्रशिक्षण नहुनु, नेकपाको एकतालाई प्रष्ट संग नबुझ्नु, पार्टीभित्र गुट उपगुट हुनु, कसैलाई १० बुदे भन्ने कसैलाई, माओवादी, कसैलाई मालेको भन्ने उपमा दिने काम हुँदा हामी कमजोर भयौ ।’उनले अहिले एमाले परित्याग गरेको ठूलो पङ्ति पार्टीमा फर्किन लागेको बताए । ‘हाम्रो अध्यक्षको नीति भाडो खाली गर्ने छ । जस नीति भित्र माओवादी, सामाजवादीका नेतालाई फर्काउनु प¥यो’ उनले भने ‘अब ठूलो समाजवादीको पङ्ति एमालेमा फर्किने तयारीमा छ ।’

