अत्तरियामा संचालन भएको सात दिवसिय योग प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशबहादुर बोहरा
अत्तरिया, १५ साउन- राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय समिति अत्तरिया कैलालीको आयोजनामा ७ दिवसिय योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सह-आयोजकमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैजनाथ बाहिनी मुख्यालय अत्तरिया रहेको थियो भने सहकार्यमा बास्कोटा टे्रड एण्ड सप्लायर्स अत्तरिया रहेको थियो ।

राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाको सभाध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय पतञ्जली योग परिषदका लवदेव मिश्र रहेका थिए भने विशिष्ट अतिथीमा सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछाने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी कैलालीका सचिव (प्रशासन) टुवराज पोख्रेल, सशस्त्र प्रहरी वल नं. ७ बैजनाथ वाहिनी मुख्यालय अत्तरियाका वाहिनीपति दुर्गा प्रसाद भट्टराई रहनु भएको थियो ।

Navadurga sun
Godawari sandesh

त्यस्तै समापन कार्यक्रममा योग प्रशिक्षक इन्द्र देव भट्टराई, मानव धर्म सेवा समिति क्षेत्रिय अध्यक्ष रामचरण चौधरी लगायतको सहभागिता रहेको थिययो ।

प्रमुख अतिथि रहनु भएका लवदेव मिश्रले भने जहाँ दुई थर सन्तुष्ट हुन्छ त्यसलाई पुन्य कार्य मानिन्छ त्यसैले योग एउटा पुन्य कार्य भएको बताए । जुन खुशि स्थायी रहदैन त्यसलाई खुसी मान्न सकिदैन । योग मार्ग नै खुशि मार्ग हो त्यसैलाई शुसि मान्न सकिने मिश्रले बताए ।

Dadeldhura hospital

त्यस्तै स्वागत मन्तव्यका क्रममा योग प्रशिक्षक रहनु भएका ईन्द्र देव भट्टराईले योगलाई निरन्तरता दिन हुन आग्रह गरेका थिए । खाली समयमा योग गर्नु हुनेछ भन्ने विश्वास समेत आफुले लिएको उनले बताए । गितामा भनिएको गीतामा ज्ञानयोग, कर्म योग, भक्ति योगको बारेमा समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै वाहिनीपति दुर्गा प्रसाद भट्टराईले जिवनलाई अभिन्न अंग मानेर योगलाई लिनुपर्ने बताए । शारीरिक र मानसिक रूपमा स्वास्थ रहन योगले महत्वपूणर् भुमिका खेल्ने बताए । योगले स्वास्थ हुन र राष्ट्र संचालनमा गर्न सकिने उनले बताए ।

त्यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले योग एउटा जीवन महत्वपूणर् अंक भएको कुरा बताएका थिए । उक्त कार्यक्रममा प्रमण पत्र तथा सम्मान पत्रहरु समेत वितरण गरिएको थियो ।

कार्यक्रमको सभाअध्यक्ष रहनु भएका लिलाधर बास्कोटाले कामको तनावलाई कम गर्न योग एउटा उत्तम माध्यम रहेको बताएका थिए । उक्त समापन कार्यक्रममा गायिका नरमाया कार्किले भजन प्रस्तुत गरेर सबैलाई आनन्दित पारेकी थिइन ।

नेपाल मानव धर्म सेवा समितिको सभाहलमा भएको कार्यक्रममा स्वागत मन्तव्य ईन्द्र देव भट्टराईले व्यक्त गर्न भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सदस्य गणेश नाथ योगीले गरेका थिए ।

Loading...