आइसोलेसन संचालनका लागि गेटा मेडिकल कलेजमा ५ सय बेडको तयारी

अत्तरिया,२० बैशाख- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन बनाउन निर्देशन दिएका छन् । गेटा मेडिकल कलेजको निरीक्षण गर्दै उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई आइसोलेसन सन्चालनमा तिब्रता दिन निर्देशन दिएका हुन् । उनले २ हजार क्षमताको आइसोलेसन निर्माण गर्ने भएपनि पहिलो चरणमा ५ सय बेड तयार गरी सन्चालनमा ल्याईने बताए । आइसोलेसनमा कोरोनाका बिरामीलाई अक्सिजन, आईसिउ र भेन्टिलेटरका समेतको ब्यबस्था हुने छ ।

Dadeldhura hospital

बिरामीको चापलाई मध्यनजर गरी थप बेडहरु सन्चालनमा आउने जनाएको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएपछि अस्पतालहरु भरिभराउ भएकाले आइसोलेसन चाडै सन्चालनमा आउने मन्त्री भट्टले बताए । सरकारले देशभरीको अक्सिजन आपुर्तिमा सहजता ल्याउन पहल गरिरहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको नेतृत्वमा र्‍यापिड एक्सन टिम समेत बनाएको छ । आइसोलेसन व्यवस्थापनको लागि गेटामा तत्काल विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापन भईरहेको जनाएको छ ।

Loading...