कोरोना संक्रमितले गोदावरी १ का २८ बर्षिय पुरुषको मृत्यु

अत्तरिया, १८ बैशाख- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाभित्र कोरोनावाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट सहित संक्रमण बढ्दै जादा नगरपालिका भित्र कोरोनावाट ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको हो ।

Dadeldhura hospital

आज बिहानै थप एक जना संक्रतिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । गोदावरी नगरपालिका वडा नं १ का २८ बर्षिय पुरुषको आज बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

केही दिन पहिले कोरोना पुष्टि भएका उनको धनगढीको कोरोना अस्थायी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए । यस अघि आजै कैलालीको सेति अस्पताल र टीकापुर अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ

Loading...