गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी

अत्तरिया, १७ बैशाख- धनगढीको कोभिड अस्थायी अस्पताल सहित सेती र महाकाली अस्पताल पनि कोरोना संक्रमितले भरिएपछि थपिने बिरामीलाई व्यवस्थापन गर्न समस्या हुने भएपछि कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी भएको छ । सेती प्रादेशिक अस्पतालको ग्यालरीमा समेत संक्रमित राखेर उपचार गरिरहेका बेला प्रदेश सरकार र स्थानीय पालिकाहरूले थप आइसोलेसन कक्ष व्यवस्थापन गर्न सकेका छैनन् ।

Dadeldhura hospital

अहिले प्रदेश सरकारले कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन कक्ष बनाउने भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मेडिकल कलेजलाई आइसोलेसन कक्ष बनाउन भोलिदेखि पूर्वाधार निर्माणको काम शुरु हुने जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्कीले धनगढी उपमहानगरपालिकाले सरसफाइ, खानेपानी डिभिजन कार्यालयले खानेपानी तथा विद्युत् कार्यालयले विद्युतको व्यवस्थापन गर्ने समझदारी अनुरुप भोलिदेखि काम थालिने उनले बताए । आइसोलेसनको समग्र व्यवस्थापन गर्ने जिम्मा भने प्रादेशिक आयुर्वेद औषधालयलाई दिइएको उनले बताए ।

Loading...