वन कार्यालयले नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवनमा डोजर चलाएको घटनाप्रति महासंघको आपत्ति

डडेल्धुरा, १६ बैशाख- नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्‍याएको छ । बिहीबार सूचना विना नै अमरगढी नगरपालिकाको डोजर र प्रहरी बल समेत प्रयोग गरेर भवनमा क्षति पुर्‍याएको घटनाप्रति पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश स्तरीय सूचना केन्द्र समेत रहेको उक्त भवनलाई भत्काउँने प्रयासपछि महासंघका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीद्वारा हस्ताक्षरीत विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

महासंघले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीन तले पक्की भवन निर्माण गरेको र सो जग्गाको भोगाधिकारसमेत महासंघसँग रहेको अबस्थामा प्रचलित कानून विपरित महासंघको भवन भत्काउँने कार्य प्रेस स्वतन्त्रता विरोधी कृयाकलापसँगै अक्षम्य अपराध भएको महासंघले ठहर गरेको छ । सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग सम्वादका लागि पहल गर्दासमेत सम्बन्धित निकायहरुले वेवास्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनाबारे बुझ्न खोज्दा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अन्जानमा गल्ती भएको भन्दै गैरजिम्मेवार जवाफ दिएको महासंघका अध्यक्ष सिंहले बताए ।

Loading...