कोरोना अपडेट : सुपमा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

धनगढी, १६ बैशाख- सुदूरपश्चिममा थप २८९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगसालामा ४७१ नमुना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताए ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी डडेल्धुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुस्टि भएको हो । त्यसैगरी डोटी अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा १४ जना र महाकाली अस्पतालमा ४१ जनाको नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुस्टि भएको हो ।
यो संगै प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ७५ पुगेको छ भने संक्रमण पुस्टि भएका मध्ये १४ हजार २ सय ३३ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

Loading...