बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ११ जना घाईते

Dadeldhura hospital

अत्तरिया, १३ बैशाख- कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भने ११ जना घाईते भएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ घट्टेघाट खोलामा दुर्घटना भएको हो । कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि हिँडेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बोलेरो जिप सोमबार विहान दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ९ ग्वाल्लेकका ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ११ जना मध्ये चालक तारनदत्त जोसीको अवस्था गम्भीर रहेको र अन्य १० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैको उद्धारगरि अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याईएको छ । जिप सडकबाट करिब एकसय मिटर तल खसेको बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।

Loading...