गौरीफन्टा नाकाबाट आज १०४ जना कोरोना संक्रमित भित्रिए

Dadeldhura hospital

धनगढी, १३ बैशाख- सोमबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर आइतबार ७ सय जना भित्रिएका छन् । तीमध्ये ६ सय ८० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुस्टि भएको उनले बताए ।

Loading...