कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुर – सशस्त्र प्रहरी बलले लागुऔषधसहित कञ्चनपुरबाट २ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतको बोडर आउटपोष्ट पुनर्वासबाट खटिएको टोलीले पुनर्वास नगरपालिका वडा नं. ६ मा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ३ जानकी टोल बस्ने १७ वर्षीय आयुष कुँवर र १७ वर्षीय पुष्प शाही रहेको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए। उनीहरुले चलाइरहेको से६प १४३१ नम्बरको स्कुटर चेकजाँच गर्दा लागुऔषधि स्प्यासमोबक प्लस ६ पिस, नाइट्राभेट ४ पिस र १ दशमलव २९ ग्राम चरेस बरामद गरिएको प्रहरी उपरीक्षक ऐरले बताए। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...