सुपमा बिहीबार थप ६९ जनामा कोरोना संक्रमण पुस्टि

धनगढी, ९ बैशाख– सुदूरपश्चिममा बिहीबार थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा २१२ नमूना परीक्षण गर्दा थप ६९ जनामा संक्रमण पुस्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४४ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।

त्यसैगरी जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय ७५ पुगेको छ। जसमध्ये १४ हजार ९६ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...