बेइजिङमा कोरोना प्रभाव, विद्यालयहरू बन्द

कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएका छन्। महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो।

aalital 2
Ganyapdhura gau

सरकारले बाल शिशु कक्षादेखि माध्यमिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीवार जानकारी दिएका छन्।

aalital 0
Godawari sandesh

विद्यार्थीहरूको बिदा शुक्रबारदेखि नै लागू हुन्छ, नियमित बिदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो, सरकारी एक अधिकारीले भने।

Dadeldhura hospital

महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए।

विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ।

विद्यालय अब पुनः कहिले सुचारु गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार बेइजिङमा बुधबार दिउँसो ३ बजेदेखि बिहीबार दिउँसो ३ बजेसम्ममा ५३ जनामा सङ्क्रमण भएको पुष्टि गरिएको छ।

एजेन्सी

Couple
Loading...