अनेरास्ववियु र प्रहरीबीच मुख्यमन्त्री कार्यालयअगाडि झडप





नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ। पेट्रोलियम पदार्थको मुल्य वृद्धि र स्थानीय तहको निर्वाचन तत्काल तोक्नुपर्ने मागसहित अनेरास्ववियुले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको थियो।



प्रदर्शनका क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। झडपमा ५ जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिएका छन्।


झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ घाइते भएको पाण्डेले बताए।



