असिनाले मेलौली, शिवनाथ र पञ्चेश्वरमा मकैबालीमा ठूलो क्षति

बैतडी- गत साता परेको असिनाका कारण बैतडीका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा मकै तथा तरकारी बालीमा ठूलो क्षति पुगेको छ। तीमध्ये सबैभन्दा बढी क्षति मेलौलीमा भएको छ, जहाँ खेतहरू सेताम्ये हुने गरी असिना परेपछि भर्खर उम्रिएका मकैका बोटहरू पूर्ण रूपमा नष्ट भएका छन्।

किसानहरूले मकै गोड्ने तयारी गरिरहेकै बेला बाली नष्ट भएपछि पुनः दोस्रो पटक मकै छर्न बाध्य भएका छन्। यसले उनीहरूलाई थप आर्थिक र श्रमको बोझ परेको छ भने कतिपय किसानलाई बीउको अभाव पनि भएको छ। केही किसानहरूले पुराना बोटबाट ठुटा उम्रिने आशामा रहेको बाली पनि असिनाले सखाप पारेको बताएका छन्।

Navadurga sun

स्थानीय किसानहरू उत्पादन घट्ने चिन्तामा छन्, किनभने असिनाले माटो थिचिएपछि यस वर्षको उत्पादनमा कमी आउने अनुमान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण संकलन गर्न नगरपालिकालाई निर्देशन दिएको छ। तर मेलौली नगरपालिकाले तत्काल किसानलाई राहत दिन नसकिने र माथिबाट आउने सहयोगको आधारमा मात्र वितरण गर्न सकिने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...