कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

धनगढी- कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

कैलालीको बिभिन्न स्थानहरु धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिक र भजनी नगरपालिका–७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३९ हजार ४५० बराबरको सामान  नियन्त्रणमा लिएको हो।

Navadurga sun

भन्सार छलीका चिनी, पेय पदार्थ, कुरकुरे, साडी, सुटपिस, तन्ना, सुपारी, प्लाष्टिक झिल्ली लगायतका सामान शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। 

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारा र भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३३ हजार बराबरको साडी, किराना लगायतका सामान शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...